डिआरएनको सहयोगमा तेस्रो पटक वर्ल्ड रेकर्ड बनाउदै पार्कर दिनेश


सेलिब्रेटी नेपाल

काठमाडौँ:वर्ल्ड रेकर्ड गिनिज बुकमा दुइ पटक आफ्नो नाम लेखाई सकेका पार्कर दिनेश सुनारले अब छिट्टै तेस्रो रेकर्ड बनाउने भएका छन् । पहिलोपटक ३६० डिग्री बडी रोटेशन वाल ब्याक फिप्टअन्तर्गत गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका उनले यसअघिको एक मिनेटमा १५ चोटिको ब्याक फिप्टलाई तोड्दै दोस्रो पटक ३० सेकेन्डमा १६ पटकको विश्व रेकर्डसमेत बनाएका छन् । अब उनि आफ्नो नाममा तेस्रो रेकर्ड दर्ता गराउने तयारीमा जुटेका छन् उनलाई हाल तेस्रो रेकर्डका लागि डिआरएन ब्रान्डले सहयोग गर्ने भएको छ ।

जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ । पार्कर खेल शरीरलाई जोखिममा राखेर गरिने खेल हो । यो खेलमा दुर्घटनामा परेको अवस्थामा जीवन नै खतरामा पर्न सक्छ । ‘मल्टिपल गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल सुनारले विभिन्न चलचित्रमा काम गरिसकेको छन् । हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भूमिका निर्वाह गरिसकेका छन् । मिलन चाम्स निर्देशित चलचित्र हँसियामा नायिका हेमा श्रेष्ठले गरेको ‘स्टन्ट’ पार्कर सुनारले नै गरेका हुन् । सुनारको यस्तै साहसिक कलाका कारण फिल्मनगरीमा उनको माग बढ्दो छ । सञ्चार माध्यमले पनि पछिल्ला दिनमा उनलाई राम्रैसँग पछ्याइरहेका छन् । २ वर्षसम्म अनवरत अभ्यासका कारण सफल र साहसिक पार्कर बन्न सफल सुनारका भिडियो युट्युवमा पनि चर्चामा छन् ।

दिनेशलाई सशस्त्र प्रहरी बलभित्र एउटा अब्बल ‘पार्कर’ का रुपमा चिनिन्छ । उनले पार्करसम्बन्धी प्रशिक्षण कतै लिएका छैनन् । उनको आफ्नै अभ्यासले उनलाई यो सफलता दिलाएको हो । वास्तवमा रबर जस्तै छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । उनले पार्कर थालेको ८ वर्ष पुगिसकेको छ भने सशस्त्रमा काम थालेको ६ वर्ष ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.