सांगीतिक कन्सर्टबीच हुँदैछ ‘पोखरा स्काइ स्पोर्टस’को ओपनिङ


सेलिब्रेटी नेपाल

काठमाडौँ : ‘पोखरा स्काइ स्पोर्टस’को उद्घाटनमा सांगीतिक कन्सर्टबीच हुने भएको छ। पोखरा भाटभटेनीको मथिल्लो तल्लामा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले प्रस्तुति दिने बताइएको छ।

तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति हुनेछन्। खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने परियोजना अन्तर्गत् ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काइ स्पोर्टस्’ संचालनमा आउन लागेको हो।

बिगत ३ वर्ष अघीदेखी निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितीमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ। स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहाना अनुसार एकै छाना मुनि सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउने उदेश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.