‘हिमालय रोडिज सिजन टु’ को उपाधी आयुसलाई


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधीआयुस श्रेष्ठले जितेका छन ।काठ्माण्डौ उपत्यकाको हात्तिवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो जसमाआयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमाप्रतिस्पर्धा गरेका थिए ।

हिमालयटेलिभिजनमार्फत प्रशारण भएको यो एड्भेन्चर रीयालिटी शोमा श्रेष्ठले बुट्वल अडिसनबाट प्रतिश्पर्धामा सहभगिताजनाएकाहुन । अडिसनमा सहभागीहजारौँ प्रतिश्पर्धीहरु मध्यबाटजर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिश्पर्धिलाई पछि पार्दै उनिबिजयीभएकाहुन ।बिजेताको उपाधी सँगै आयुसले दशलाखनब्बे हजार रुपैँयानगद र यामाहाएफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुपप्राप्त गरेका छन । बिजेताले कुल २० लाख रुपैँयाप्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिश्पर्र्धीहरुले कुल रु दशलाख नब्बेहजार जित्न सके ।

हिमालय रोडिजमा प्रतिश्पर्धिहरुको शारिरीक मानसिक र बौद्दिक क्षमतामात्रनभएर उनिहरुको सामाजिकब्यावहरको पनिमुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिकानिर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिश्पर्धिबिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ । भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज, भायकम अठारको फ्रेन्चाइज हो ।

यामाहाएफ.जी. मोटरसासइकलमुख्यप्रयोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालकापाँचओटा शहरहरुमा अडिसन गरीएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफलप्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो । पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुरपश्चिम लगिएको थियो र सुदुर पश्चिमकाविभिन्न राष्टिय निकुन्जतथाअन्यआकर्षक ठाउँमा प्रतिस्पर्धा गराइएको थियो । गतवर्षको सिजन जस्तै यसपालीपनिनिर्णायक टिममा रेमन दाशश्रेष्ठ, दियामास्के र आशिष राना (लाउरे)थिए भने गतसिजनकाविजेता समन श्रेष्ठ र अनिमेश शाहीप्रश्तोताका रुपमाउपस्थितथिए । लोकप्रियता संग सँगै अनेकन विवाद खेपिरहने यो रियालीटी शोको निेर्देशन अमनप्रताप अधिकारीले गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.