अभिनेता बिपिनको मोटर साइकल दुर्घटना


सेलिब्रेटी नेपाल

काठमाडौँ : अभिनेता विपीन कार्की दुर्घटनामा परेका छन् । चलचित्र ‘जात्रै जात्रा’ को लागि छायांकन स्थल जाँदै गर्दा कालिमाटीमा उनी चढेको बाईकलाई अर्को बाइकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पर्दा उनको दायाँ खुट्टा भाँचिएको छ। उनलाई अहिले बल्खु स्थित बयोधा हस्पिटलमा राखिएको छ । बिपिन अभिनित चलचित्र ‘प्रसाद’, ‘गोपि’ र जात्रै जात्रा क्रमै संग मंसिर, माघ र फागुनमा प्रर्दशनमा आँउदैछ ।

अभिनेता दुर्घटनामा परेपछि चलचित्र ‘जात्रै जात्रा’ को छायांकन प्रभावित भएको छ । फाल्गुन १७ लाई रिलिज मिती तय गरिएको चलचित्र ‘जात्रै जात्रा’ को छायांकन अब कहिले सुरु हुने निश्चित छैन । चलचित्रका एक निर्माताका अनुसार विपिनको खुट्टा भाचिएको बुझिएको छ ।

विपिनको ‘प्रसाद’ ‘मंसिर २१ देखी प्रदर्शनमा आउन लागेको छ। दुर्घटनाको कारण ‘प्रसाद’ को प्रचार पनि प्रभावित हुने देखिएको छ भने उनि अभिनित अर्को चलचित्र ‘गोपी’ माघ १८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.