सेलिब्रेटी नेपाल

काठमाडौँ : युवावर्गलाई लक्षित पारेर निर्माण भएको वेब-एपिसोड ‘काठमाडौँ भाइब्स’ को सातौं भाग सार्वजनिक गरिएको छ । काठमाडौँको विभिन्न भागमा छायांकन भएको चलचित्र पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सरोज खत्रीको निर्माण र पिएनपि मिडियाको प्रस्तुतिमा बनेको ‘काठमाडौँ भाइब्स’मा विश्वास भण्डारी, अमर लामा, हरि कट्टेल, मेरिना माझि, बद्रि पुडासैनी, बि. बि. राना, लक्ष्मी तामाङ, मन्जु तामाङ, उषा कार्की, इदिप कुलुङ राई र अन्जली थापाको अभिनय रहेको छ।
वर्तमान परिवेशलाई दर्शाउन खोजिएको यस वेब एपिसोड युवायुवती लगायत उनीहरुको बाबुआमाले मन पराउनेमा निर्माण पक्ष आशावादी छ। युवराज खत्रीको निर्देशन रहेको एपिसोडमा जीवन पराजुलीको छायांकन रहेको छ ।


