ऋचा र छुल्ठिमको ‘न यता न उता’ माघ २५ मा


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘न यता न उता’ को प्रदर्शन मिति फाइनल भएको छ मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेको चलचित्र माघ २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । कमेडी कथामा निर्माण भएको चलचित्र को प्रदर्शनको मिति वितरकको सहमतीमा माघ २५ लाई पक्का गरिएको निर्माता तथा निर्देशक मिराज रोशले बताए ।

त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । चलचित्रमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ । चलचित्रमा समाबेश एक गीत सार्बजनिक भइ सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.