छड्के संगै मैले भुल्नै सकिन



सेलीब्रेटी नेपाल फागुन ११ गते- आज शुक्रबार सफल निर्माताद्वय माधब वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको चलचित्र – ‘छड्के’ देश ब्यापी रिलिज हुन लागेको छ छड्के संगै अर्को चलचित्र ‘मैले भुल्नै सकिन’ पनि आजै रिलिज हुँदै छ। यी दुई मध्य ‘छड्के’ देशभरका स्टेशनमा एकैसाथ प्रर्दशनमा आउन लागेको हो भने ‘मैले भुल्नै सकिन’ उपत्यकाभित्रका केही चलचित्र भवनमा मात्र प्रर्दशनमा आउन लागेको छ। ‘छड्के’ का निर्देशक निगम श्रेष्ठ हुन् भने ‘मैले भुल्नै सकिन’ का निर्देशक दिपक श्रेष्ठ हुन्।

‘छड्के’ मा लुट बाट सफल भयका सौगात मल्ल र दयाहाङ राईको सशक्त अभिनय छ । युवा दर्शकलाई बिषेस ध्यानमा राखेर निर्माण गरिएको यस चलचित्रमा दयाहाङ र सौगातका अलावा अर्पण थापा, नम्रता श्रेष्ठ, रविन तामाङ लगायत कलाकारको अभिनय छ। प्रिन्सेस मुभी र रस ताण्डवको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र देशभरका ६० भन्दा बढी स्टेशनमा रिलिज हुदैछ।

निर्देशक श्रेष्ठकै कथा रहेको छड्केमा छायांकन सञ्जय लामा, संगीत नाइट ब्यान्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ। चलचित्रमा द्वन्द्व योगेन्द्र श्रेष्ठले दिएका हुन्। प्रदर्शन अगावै चलेको चर्चाले चलचित्र ३० लाख रुपियाँ नेपालीमा अस्ट्रेलिया र १५ लाखमा युके राइट बेचिसकेको निर्माण पक्षले जनाएको छ। बिहीबार चलचित्र युनिटले एक कार्यक्रमको आयोजना गरि चलचित्रको अडीयो बिमोचन गरेको छ।
चलचित्र ‘मैले भुल्नै सकिन’ उपत्यकाका केही चलचित्र भवनमा मात्र प्रर्दशनमा आउने भएको छ। चलचित्रमा विराज भट्ट र जेनिशा के.सी. लगायत कलाकारको अभिनय छ। बिना प्रचार प्रसार प्रर्दशनमा आउन लागेको यस चलचित्रका बितरक सुनिल मानन्धर हुन्। बिराज भट्टको भुख्य भुमिका रहेको यो चलचित्र एक्सन प्रधान चलचित्र हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.