‘साँइली’ को फस्टलुक संगै प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : रामबाबु गुरुङको निर्देशनमा बनेको चललचित्र चलचित्र ‘साँइली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चर्चित गीत सुन साँइली बाट चलचित्रको नामाकरण गरिएको हो चलचित्रको कथा पनि निर्देशक गुरुङको नै रहेको छ । चलचित्रलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ,मोहन राना मगर, बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी चलचित्रका निर्माता हुन् भने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र ‘साँइली’ चैत्र १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.