आगामी शुक्रबारबाट प्रदर्शनमा आउने ‘दैलो’ को झापामा च्यारिटी सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ : सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ आगामी शुक्रबार अर्थात् कात्तिक ३० गतेबाट प्रदर्शनमा आउदै छ । सामाजिक र पारिवारिक कथा बस्तुको वरिपरी घुम्ने चलचित्रको हालै मात्र झापामा च्यारिटी शो सम्पन्न गरिएको छ । थुप्रै सडक नाटकहरुमा काम गरि सकेका कलाकारहरुको बाहुल्यता रहेको चलचित्रलाइ च्यारिटी शोमा हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रमा समाबेश दुइ गीत तथा ट्रेलर सार्बजनिक भइ सकेको छ ।

चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन रहेको छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.