छड्के बयस्कले मात्र हेर्न पाउने


सेलीब्रेटी नेपाल फागुन ९ गते-पछिल्लो समयमा निकै आशा बोकेको चलचित्र छड्केलाई वयस्कले मात्र हेर्न पाउने भएका छन  ।चलचित्रको केही संवाद छाडा भयो भन्दै सेन्सर बोर्डले फिल्मलाई यस्तो सर्टिफिकेट दिएको हो । चलचित्रका निर्माता माधव वाग्लेले फिल्मलाई दिइएको सर्टिफिकेटप्रति असन्तुष्टि व्यक्त गरे। ‘चलचित्र बालबालिकालाई देखाउन जरुरी छ, उनीहरुलाई चेतना दिने प्रशस्त सामग्री छन्। तर, जनजिब्रो झुन्डिएको संवादलाई कारण देखाएर यस्तो सर्टिफिकेट दिइयो,’ रिलिज मिति नजिकिएकाले धेरै तर्क गर्न नपाउँदा बोर्डको निर्णय स्वीकार्न बाध्य भएको उनले बताए । हिन्दी फिल्ममा जति छाडा संवाद भएपनि कैंची लाग्दैन, हामीलाई भने सानो कुरामा पनि कचकच गर्छन्,’ उनले भने । दुईपटक फिल्म हेरेर ‘एडल्ट’ दिएपछि उनलाई दुइटा कुरामा पीर परेको छ। ‘एउटा त यो फिल्म हेर्नबाट बालबालिका बञ्चित हुने भए, जसलाई लक्षित गरेर केही सामग्री राखिएको छ। अर्को फिल्ममेकरको अधिकार हनन भएको छ,’ उनले गुनासो गरे।निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, नम्रता श्रेष्ठ, दयाहाङ राई, रबिन तामाङ, सुनिल पोखरेल लगायत कलाकारले अभिनय गरेका छन्।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.