चलचित्र ‘डोली’ को फर्स्टलुक पोस्टर सार्वजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

सामाजीक प्रेमकथानक चलचित्र ‘डोली’ को फर्स्टलुक पोस्टर सार्वजनीक गरिएको छ । फर्स्ट लुक पोस्टर संगै चलचित्रको प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ । राजबहादुर सानेको निर्देशनमा किरण नेपालीले निर्माण गरेको चलचित्र मंसिर २८ गतेदेखि देशभरका हलमा प्रदर्शन हुदैछ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक साने आफैले लेखेका हुन् । सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् ।

शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् । यस अघि लाटी, बृन्द्राबन,बिरंगाना लगायतका चलचित्र निर्देशन गरेका निर्देशक सानेले ‘डोली’ मा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश समेत रहेको बताउँछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.