चलचित्र ‘अनुग्रह’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सामाजिक कथामा बनेको पारिवारिक चलचित्र ‘अनुग्रह’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्र लाईको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । कुमार केसीले निर्देशित चलचित्रमा तन्नेरी प्रेमकथा र परिवारको मायालाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको चलचित्रमा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । चलचित्रमा ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा रहेकाछन ।

विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको छ । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ । चलचित्र लाइ सरोज शर्माले वितरण गर्दै छन् । युवा पुस्ता लक्षित चलचित्रमा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.