सेलिब्रेटी नेपाल काठमाडौँ
गायक कर्णदास र गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘तिमी टाढा कता कता’ बोलको गीतको सुटिङ महँगो लागतमा मुस्ताङ र जोमसोम पुगेर गरिएको छ । किशोर दत्त बरालको शब्द रहेको गीतमा गायक कर्ण आफैंले संगीत भरेका छन् ।
सारा सिर्पाली र बिजय कार्कीको फिचर्ड गीत केही दिनमा सार्बजनिक गरिने निर्देशक बसन्त निरौलाले बताए । चलचित्र निर्देशनमा स्थापित निर्देशक निरौला भिडियो निर्देशनमा पनि पछिल्लो समय व्यस्त देखिन्छन् ।
अभिनेत्री पवित्रा आचार्यले गीतमा कोरियोग्राफी गरेकी छन् । दिव्य सुवेदीको छायांकन रहेको गीतको भिडियोमा अरबिन्द पौडेलले लगानी गरेका छन् ।