‘द ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘द ब्रेकअप’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीत पुरानो चलचित्र ‘ज्वाला’मा समाबेश र हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ र सरोज खनाललाई फिचर्ड गरिएको छ ।

उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीत तथा आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए । यहि गीत ‘नयाँ भर्सन’मा आउँदा गीतमा बिराज गौतम र मेलिना राईको स्वर छ, गीतको एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसी लगायतको संयुक्त लगानी रहेको छ । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक बिसीले नै तयार पारेका हुन्।

चलचित्रमा सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा सुरेन्द्र पौडेलले सम्पादन, नरेन्द्र मैनालीको छायाँकन रहेको छ । चलचित्र आगामी पौष २७ बाट प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.