जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ अब नेपाल टेलिभिजनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’नेपाल टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ हाँस्य कलाकार जितु नेपालले संचालन गर्न लागेको उक्त शो छिट्टै नै प्रशारण सुरु हुने छ ।

यो कमेडी रियालिटी शोको २ भाग छायांकन आइतबार गरिएको छ । कार्यक्रम संचालक जितु नेपालका अनुसार, दर्शकले पहिलो भागमा हाँस्य कलाकार दिपकराज गिरी र दोश्रो भागमा केदार घिमिरे र करिश्मा मानन्धरलाई देख्न पाउनेछन् ।

यो रियालिटी शोको अध्यक्षमा निर्देशक दिपाश्री निरौला रहनेछिन् । साथमा, कलाकार राजाराम पौडेललाई पनि शोमा देख्न सकिनेछ । जितुले भने-‘हामी १ बर्ष त नियमित रुपमा कार्यक्रम अगाडि बढाउनेछौ । त्यसपछि, दर्शकले मन पराउनुभयो भने कार्यक्रम कति अगाडि बढ्छ भन्ने तय हुनेछ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.