सेलिब्रेटी नेपाल काठमाडौँ
संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक गरिएको छ ‘चम्क्यो तारा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा संचिता र सन्नीको प्रेमभावलाई देखाउन खोजिएको छ । सार्वजनिक गीतमा विकास चौधरीको संगीत, प्रदीप भट्टराईको शब्द तथा मेलिना राइ र दौलत राइको स्वर रहेको छ ।
चलचित्रमा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
‘गुनगुन’ले समाजकै घटनालाई चित्रण गर्ने निर्देशक भट्टराईले बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । चलचित्र यहि कार्तिक ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।