सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक राजु गिरिको चलचित्र ‘बिन्दास’ को चौंथो शृंखला ‘बिन्दास लाइफ’ मा समाबेश दोश्रो गीत सार्बजनिक गरिएको छ । लोक लयमा बनेको गीतमा लक्ष्मन पौडेल र कल्पना देवकोटाको स्वर रहेको छ । लक्ष्मन पौडेलको शब्द तथा संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरु सपना लामिछाने र प्रथम खड्कालाइ फिचर्ड गरिएको छ ।
अनिल राइको कोरियोग्राफी रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्याप हानेका छन् । चलचित्र ‘बिन्दास लाइफ’ मा जीवन पराजुलीको डि.ओ.पी रहेको छ भने रामेश्वर हुमागाईंले छायांकन गरेका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ । सपना लामिछाने निर्माता रहेको चलचित्रमा सपना लामिछाने,प्रथम खड्का,चिरन अधिकारी,पल्पसा डंगोल,मदन सिटौला,गोपाल कुइँकेल,भिम खनाल लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । सार्बजनिक गीतलाई बिनोद बमले सम्पादन गरेका छन् । चलचित्र फागुन ३ गते बाट प्रदर्शनमा आउने छ ।