कोरियामा हुन लागेको ‘ग्लोबल फेसन वीक २०१८’ को लागि नेपालबाट मोडलहरु प्रस्थान


सेलिब्रेटी नेपाल काठमाडौँ
कोरियाको इन्चियन शहरमा आयोजना हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै नेपालका उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली शनिबार कोरिया प्रस्थान गरेका छन् ।

कोरियाको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा आयोजना हुने सो प्रतियोगितामा सहभागी हुन उनीहरु नेपाली कलासंस्कृति सहित त्यस तर्फ उडेका हुन् ।

२८ अक्टोबरदेखि १ नोभेम्बरसम्म कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिले बिश्वमा नेपालको नाम चिनाउने छन् ।
नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी मध्ये अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फर्स्ट रनर अप र थर्ड रनरअप बिजेता हुन् ।

अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् । सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । नेक्स्ट मोडल्स नेपाल कार्यक्रमको आधिकारिक फ्रेन्च आइज पनि रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए ।सबै सहभागीलाई उक्त प्रतियोगीताका लागि आवश्यक पर्ने तालिम र कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।