सेलीब्रेटी नेपाल फागुन ९ गते-एक्सन सस्पेन्स धारमा निर्माण गरिएको चलचित्र ‘सुपारी’ चैतमा प्रदर्शन हुने भएको छ। चलचित्र सम्पादनको अन्तिम चरणमा पुगेको निर्देशक शिव घिमिरेले जानकारी दिएका छन्। निर्देशक घिमिरेले अहिले बनिरहेकाभन्दा नयाँ कथावस्तुमा सिनेमा बनेको दाबी गरेका छन्। हेराकुमारी श्रेष्ठले निर्माण गरेको यस चलचित्रलाई राजेन्द्र श्रेष्ठ र सूर्य किरणले सगीतबद्ध गरेका हुन। चलचित्रमा कविराज र राकेश शाहीको कोरियोग्राफी, सम्राट् बस्नेतको एक्सन, महेन्द्र श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ। सुमन चापागाईको सहनिर्देशन रहेको ‘सुपारी’मा गजीत बिष्ट, झरना थापा, रमेश शाही, विकेश शाही, सपना श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। नायक गजितले यो चलचित्रले आफूलाई नयाँ उचाइ दिलाउने विश्वास व्यक्त गरेका छन्।
सम्बधित पोस्टहरु
चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजीत कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य...
‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ गते अर्थात् अक्टोबर ९ बाट नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक...
पावरप्याक एक्सनले भरिएको ‘आचार्य’ ट्रेलर सार्वजनिक
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा
पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेलाई तोकियो प्रदर्शन मिति
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठी



