सेलीब्रेटी नेपाल फागुन ९ गते-एक्सन सस्पेन्स धारमा निर्माण गरिएको चलचित्र ‘सुपारी’ चैतमा प्रदर्शन हुने भएको छ। चलचित्र सम्पादनको अन्तिम चरणमा पुगेको निर्देशक शिव घिमिरेले जानकारी दिएका छन्। निर्देशक घिमिरेले अहिले बनिरहेकाभन्दा नयाँ कथावस्तुमा सिनेमा बनेको दाबी गरेका छन्। हेराकुमारी श्रेष्ठले निर्माण गरेको यस चलचित्रलाई राजेन्द्र श्रेष्ठ र सूर्य किरणले सगीतबद्ध गरेका हुन। चलचित्रमा कविराज र राकेश शाहीको कोरियोग्राफी, सम्राट् बस्नेतको एक्सन, महेन्द्र श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ। सुमन चापागाईको सहनिर्देशन रहेको ‘सुपारी’मा गजीत बिष्ट, झरना थापा, रमेश शाही, विकेश शाही, सपना श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। नायक गजितले यो चलचित्रले आफूलाई नयाँ उचाइ दिलाउने विश्वास व्यक्त गरेका छन्।
सम्बधित पोस्टहरु
‘माइतीघर’ भिडियो प्रतियोगितामा बुटवलले जित्यो बाजी
काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।...
चलचित्र ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरी सर्यो
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज २४ गतेबाट रिलिज हुने भनिएको चलचित्र अब कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अहिलेको प्रतिकुल मौसम र देशमा आएको संकटलाई मध्ये नजर गर्दै रिलिज मिति सारिएको...
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक,कामेश्वर र लक्ष्मीको माया प्रेम
काठमाडौँ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मरौं ज्यानले’ बोलको गीतमा शब्द रचना सुरेश बडालको,स्वर र संगीत सुशान्त गौतमको रहेको छ।...
चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न
काठमाडौं। चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका...
जनजातीय आन्दोलनको कथामा चलचित्र ‘लडाइँ पहिचानको’
काठमाडौं। कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको चलचित्र ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। भिम लामाको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा...
आज ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइदै,नेपाली फिल्म ६० वर्षको यात्रामा
काठमाडौं । नेपाली चलचित्रले बुधबार आफ्नो ६० औं वर्षगाँठ मनाएको छ । सन् १९६४ (वि.सं. २०२२ असोज १५) मा पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको दिनलाई आधार मानेर यो गणना गरिएको हो । यही मितिलाई स्मरण गर्दै सरकारले असार १३ गतेको...