‘छक्का पन्जा ३’ बन्यो सर्वाधिक व्यापार गर्ने चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ
‘छक्का पन्जा’ सिरिज ‘छक्का पन्जा ३’ले प्रदर्शनको दिन देखि नै राम्रो ब्यापार गरि रहेको छ । चलचित्र ‘छक्का पन्जा’ को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पन्जाको लाइफ टाइम कलेक्सनको रेकर्ड ‘छक्का पन्जा ३’ले प्रदर्शनको १७ औं दिनमा तोडेको पुष्टि दीपकराज गिरीले फेसबुक स्टाटस मार्फत गरेका छन् ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाका अनुसार चलचित्रले प्रदर्शनको केहि दिन मै ‘छक्का पञ्जा’को लाइफ टाइम कलेक्सनलाई ‘छक्का पञ्जा ३’ उछिनेको छ । दिपक र दीपाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘छक्का पन्जा’ले १२८ दिनमा प्राप्त गरेको सफलता ‘छक्का पन्जा ३’ले १७ दिनमा नै उक्त उपलब्धी हासिल गरेको छ । वधाई सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई ।’ दिपक र दीपाले उक्त स्टाटसमा ‘छक्का पन्जा ३’को कलेक्सन रिपोर्ट कती छ भन्ने उल्लेख गरेका छैनन् ।

‘छक्का पन्जा ३’को पहिलो सिरिज ‘छक्का पन्जा ’ले सर्वाधिक कमाईको रकर्ड राखेको भनिएता पनि अहिलेसम्म यसले कती व्यापार गरेको थियो, भन्ने खुलेको छैन् । चलचित्र ले आधिकारीक रुपमा कती व्यापार गरेको थियो भन्ने सहि रिपोर्ट न निर्माताले दिए नत बितरकले नै दिए । मिडियामा आएको रिपोर्टलाई आधार मान्ने हो भने ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा सर्वाधिक १७ करोडको व्यापार गरेको समाचार बाहिर आएको थियो । चलचित्र अझै पनि प्रदर्शन भई रहेको छ ।