‘ऐश्वर्या’ डेब्यु अभिनेत्री दिपिका र निर्देशक दिवाकरको ईङगेज्मेन्ट


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘ऐश्वर्या’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री दिपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बिच ईङगेज्मेन्ट भएको छ । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई लुकाउँदै आएको थिए ।अन्तत उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई स्विकार गर्दै इन्गेजमेन्ट गरेका छन् ।

निर्देशक भट्टराईले विवाह भने मंसिरपछि मात्र हुने बताए । दीपिकालाई दीवाकरले नै चलचित्रमा डेव्यु गराएका हुन् । अहिले दीपिका अभिनीतचलचित्र ‘छक्का पञ्जा ३’ सफलताका साथ अल नेपाल प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ चलचित्र ‘क्याप्टेन’ शिवरात्रीको छेकोमा रिलिज हुँदैछ, जसमा अनमोल केसी लिड रोलमा छन् । दीपिका र दीवाकर ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.