चलचित्र ‘रुमालै छ चिनो’ को पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

कुनै बेलाको चर्चित रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ गीत बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गित सार्वजनिक गरिएको छ । संगीतकार तथा गायक अर्जुन पोखरेल र गायिका अन्जु पन्तको आवाजमा रहेको यस गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलकै रहेको छ । गीतमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । लोक शैलीमा निर्माण गरिएको यस गितको भिडियोमा कोरियोग्राफी सागर लामाको रहेको छ । भिडियो छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पादन शिब थारुको रहेको छ ।

रेशम थापाको कथा रहेको चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र दिनेश सिंह ठकुरीको निर्देशनमा बनेको हो । चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।