सेलिब्रेटी नेपाल काठमाडौँ
सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ को अर्को गीत सार्वजनिक गरिएको छ । केहि समय अघि चलचित्रमा समाबेश आइटम नम्बर सार्बजनिक गरिएको थियो । सार्बजनी हामी मास्टर बोलको गीतमा निलम उप्रेतीको स्वर शब्द तथा संगीत रहेको छ ।
सामाजिक र पारिवारिक कथा बस्तुको वरिपरी घुम्ने चलचित्र कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन रहेको छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो ।