सिनेमा घरमा ‘छक्का पन्जा ३’ र ‘जय भोले’ कै निरन्तरता


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत कुनै समय एकै दिन चार नेपाली चलचित्र सम्म प्रदर्शनमा आउने गर्दथे तर आज कुनै नयाँ नेपाली चलचित्रले आफ्नो प्रदर्शन सुरु गरेनन । घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ र फूलपातीको दिन बाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ ले राम्रो व्यापार गरि रहेका छन् । अब आज बाट पनि सबै मल्टिप्लेक्स तथा सिंगलमा यी दुइ चलचित्रले नै निरन्तरता पाएका छन् ।

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा ३’ ले दुइ हप्तामा १३ करोड भन्दा बढीको व्यापार गरेको रिपोर्ट सार्बजनिक भएको छ भने अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ ले एक हप्तामा ३ करोड भन्दा बढीको व्यापार गरेको रिपोर्ट सार्बजनिक भएको छ । अझै अबको एक हप्ता यी दुइ चलचित्रले हल न छाड्ने भए पछि दुवै चलचित्रको ब्यापारमा अझै प्लस हुने छ । अर्को शुक्रबार अर्थात् कार्तिक १६ गते बाट भने दुइ चलचित्र प्रदर्शनमा आउने छन् । रेखा थापाको चलचित्र ‘मालिका’ र माधब वाग्लेको चलचित्र ‘चंगा चेट’ एक साथ प्रदर्शनमा आउने छन् ।

कार्तिक ९ गते अर्थात् आज बाट प्रदर्शनमा आउने भनेको चलचित्र ‘चौका दाउ’ ले आफ्नो प्रदर्शन मिति पर सारेको छ चलचित्र अब माघे संक्रान्तिको छेकोमा प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.