प्रियंका चोपडा र निकको विवाहमा एक सय १० पाहुनालाई निम्तो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा अत्यधिक छ । भारतीय मिडियामा सार्वजनिक भइरहेको खबर अनुसार यी दुई नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिदैछन् ।

रिपोर्टलाई उद्धृत गर्दै इन्डिया टुडेले यी दुईको विवाहमा एक सय १० पाहुनालाई निम्तो दिइएको जानकारी दिएको छ । स्रोतका अनुसार विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुँदैछ जुन तीन दिनसम्म चल्नेछ ।

‘यी दुईको विवाह नोभेम्बर ३० तारिखमा हुनेछ । संगीत कार्यक्रम नोभेम्बर २९ मा हुनेछ भने रिसेप्सन डिसेम्बर १ मा । उनीहरुले परिवार र आफन्त गरी एक सय १० जनालाई निम्तो बाँडिसकेका छन्,’ स्रोतलाई उद्धृत गर्दै स्रोतलाई बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.