‘बोबी हेरौं नर्वे घुमौं’ स्किमको बिजेता घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बोबी’ टिमले घोषणा गरेको ‘बोबी हेरौं नर्वे घुमौं’ स्किमको बिजेता घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमा घरमा राखिएको बक्समा खसालिएको चलचित्रको टिकट मध्येबाट एक भाग्यमानीको नाम घोषणा गरिएको छ । हजार बढी टिकटबाट विर्तामोड, झापाका राजेश लिम्बु विजेता बनेका छन् । उनले आफूसँग श्रीमतीलाई पनि नर्वे घुमाउने अवसर पाएका छन् । उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्माण भएको चलचित्र ‘बोबी’ गएको असार २९ गते बाट प्रदर्शनमा आएको चलचित्र हो ।

निर्देशक तथा निर्माता मिलन चाम्सले अब विजेता राजेशलाई नर्वे लैजाने सबै प्रक्रिया सुरु हुने बताए । विजेता घोषणा कार्यक्रममा सहभागी हुनका लागि कविता नर्वेबाट केही दिन अगाडि मात्र नेपाल ओर्लिएकी थिइन् । उमेश भने काम विशेषले नेपाल आउन नसकेको कविताले बताइन् । उमेश र कविताको वास्तविक प्रेमकथामा निर्माण भएको चलचित्रले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । चलचित्रमा रियल जोडीकै अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.