‘जी सिने अवार्ड’ गर्न भक्तपुरमा बन्ने भनिएको भवन नबन्ने भयो


सेलिब्रेटी नेपाल काठमाडौँ

भारतको प्रसिद्ध ‘जी सिने अवार्ड’ कार्यक्रमको लागि प्रि–फ्याब भवन नबन्ने भएको छ। भक्तपुरको ठिमीस्थित नागरिक उड्ययन प्राधिकरणको १ सय ८९ रोपनी जग्गामा बन्ने भनिएको भवन नबन्ने भएको हो। सहरी विकास मन्त्रालयका महानिर्देशक मणिराज जेलालले नयाँ सचिवको पदस्थापनाको क्रममा भवन नबन्ने कुरा बताएका हुन्।

जी टेलिभिजन नेटवर्कका सञ्चालक सुभाष चन्द्रले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सिने अवार्ड नेपालमा गर्ने घोषणा गरेका थिए। सरकारले ठिमीमा प्रि–फ्याब भवन बनाउने भनेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.