रणवीरको भन्दा दीपिकाको पारिश्रमिक बढी


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

आगामी नोभेम्बर १४ र १५ गतेका लागि बिहेकों मिति घोषणा गरेका बलिउडका कलाकार रणवीर सिँह र दीपिका पादुकोणबारे अर्को एउटा खबर पनि सार्बजनिक भएको छ। अहिले बलिउडमा राज गरिरहेका प्रेमी जोडी रणवीरको भन्दा दीपिकाको पारिश्रमिक बढी रहेको भन्दै भारतीय मिडियाले समाचार बनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार रणवीर सिँहले ७-८ करोड भारु लिँदै आएका छन्।

भने उही फिल्ममा काम गर्दा दीपिकाले १२ करोड रुपैयाँ लिने गरेकी छन्। पछिल्लो फिल्म पद्मावत्मा काम गर्दा दीपिकाले १२ करोड लिएकी थिईन् भने सोही फिल्ममा काम गर्दा रणवीरले जम्मा ७ करोड लिएका थिए। ब्राण्ड एम्बेस्डर भए बापत पनि उनले ५ देखि ७ करोड रुपैयाँ लिँदै आएकी छन्। आई फोर्सले गरेको अनुसन्धानबाट खुलासा भए अनुसार दीपिका बलिउडमा सबैभन्दा बढि कमाउने कलाकारमध्ये छैटौँ नम्बरमा परेकी छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.