‘जात्रै जात्रा’ घोषणा फेरी पनि विपिन र बर्षा श्रीमान्-श्रीमती


सेलिब्रेटी नेपाल काठमाडौँ

ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को औपचारिक घोषणा गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको हो । चलचित्र दशैको पूर्णिमाको भोलिपल्टबाट फ्लोरमा जाने बताईएको छ।

‘जात्रै जात्रा’पुरानै सिरिजका कलाकार दोहोरिने भएका छन् भने केहि नयाँ कलाकार पनि थपिने छन् । चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको अभिनय रहनेछ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।

षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रलाइ शिवराम श्रेष्ठले छायांकन गर्ने छन् भने चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गर्नेछन् । ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुनेछ। महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ‘शत्रु गते’निर्देशन गरिससकेका छन् ।

‘जात्रा’ मा श्रीमान्-श्रीमतीको भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले दोस्रो सिरिजमा पनि श्रीमान्-श्रीमतीको भूमिकामा नै रहेका छन्। चलचित्र फागुन १७ गते बाट सार्बजनिक प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.