‘ड्रिम गर्ल’ टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई उपहार प्रदान


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई आइतबार बसुन्धरा स्थित साझा चुलोमा एक कार्यक्रम आयोजना गरि उपहार प्रदान गरेको छ । मंसिर ७ गते प्रदर्शन हुन लागेको चलचित्र युनीटले केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल,बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर,अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री छन् । उनीहरुलाई ‘ड्रिम गर्ल’ अर्थात् चलचित्रकी डेब्यु अभिनेत्री आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, लगायतले उपहार प्रदान गरेका थिए ।

टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’ का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजीकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए । प्रतिस्पर्धाले ती ट्रयाकमा म्युजीकल्ली भिडियो बनाएका थिए । उत्कृष्ट म्युजीकल्लीलाई साप्ताहिक रुपमा पुरस्कृत गर्ने गरिएको प्रतियोगीता संयोजक समेत रहेकी अभिनेत्री आश्माले जानकारी दिइन् । उनले च्यालेन्जमा एकसे एक भिडियोहरु प्राप्त भइरहेकाले बिजेता छान्नै गाह्रो भएको अनुभव सुनाइन् ।

निर्देशक आचार्यले च्यालेन्जमा प्रतिस्पधीहरुको निकै उत्साहजनक सहभागीताले आफूहरुलाई हौसला मिलेको बताए । अभिनेता आकाशले आम दर्शक ‘ड्रिम गर्ल’ हेर्न निकै उत्साहीत रहेको बताउदै बिजेताहरुलाई बधाइ दिए । चलचित्र रिलिजको सातासम्मै जारी रहने प्रतियोगीताका फाइनल बिजेतालाई फ्रि टिकट, ‘ड्रिम गर्ल’ टिमसँग डिनर डेटका साथै बिभिन्न उपहार प्रदान गरिने बताइएको छ ।

ऋषिराजकै लेखन रहेको चलचित्रमा आश्मा र आकाशका साथमा विल्सन बिक्रम राई, शिसिर भण्डारी,पूजा पराजुली,लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको चलचित्र निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ ।
केही दिनअघि ट्रेलर सार्वजनीक गरिएको चलचित्र काठमाडौ, पोखरा, रारा ताल र थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो । नवीन निरौलालले सम्पादन गरेको चलचित्र राहुल राई र रामेश्वर हुमागाँइले खिचेका हुन् । चलचित्र मा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.