‘निर्जला’ दर्शक प्रतिक्रियाबाट निर्माण टिम सन्तुस्ट


सेलिब्रेटी नेपाल काठमाडौँ

गत शुत्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘निर्जला’ ले दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ । राजु गिरीले निर्देशन गरेको यो चलचित्र ‘निर्जला’ सामाजिक कथा बस्तुमा अधारित रहेको छ । यस अघि राजु गिरीले निर्माण गरेको चलचित्र अलिक भल्गर र ग्ल्यामर हुन्छन भन्ने आरोप लाग्ने गर्दथ्यो । यस पटक भने गिरि त्यो आरोप बाट मुक्त भएका छन् । मौलिक कथामा बनेको ‘निर्जला’ हेरेर दर्शकले पूर्ण मनोरंजन प्राप्त गरेको र पैसा असुल चलचित्र बनेको प्रतिक्रिया दिएको निर्देशक राजु गिरिले सेलिब्रेटी नेपाललाइ बताए । चलचित्रमा उठाएको बिषय बस्तुले दर्शकको मन छोएको निर्देशकले दाबी गरे ।

प्रकाशचन्द्र न्यौपानेको निर्माणमा बनेको चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा प्रमुख भूमिकामा देखिएका छन् । चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.