सुदूरपश्चिम अन्तर्राष्ट्रिय कला, साहित्य, पर्यटन तथा सांस्कृतिक सम्मेलन


असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-सुदूरपश्चिमको कञ्चनपुरमा यही असोज २६ र २७ गते वृहद् अन्तर्राष्ट्रिय कला, साहित्य, पर्यटन तथा सांस्कृतिक सम्मेलन आयोजन गरिने भएको छ । सम्मेलनमा भारत र नेपालका वरिष्ठ साहित्यकार, नाटककार र कलाकारको सहभागिता रहने छ ।महाकाली साहित्य सङ्गमको आयोजनामा हुन लागेको सो सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्द, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति, साहित्यकारहरु डा तुलसी भट्टराई, दुवसु क्षेत्री, आरडी प्रभाष चटौत, विष्णुविभू घिमिरेलगायतका दुई दर्जनभन्दा बढी कवि, साहित्यकार र सञ्चारकर्मी सहभागी हुनुहुने छ ।

उक्त सम्मेलनमा भारतको नयाँ दिल्लीबाट बसुधा पाण्डे, महेश्वर जोशीलगायत नैनीताल, अल्मोडा र उत्तराखण्डका एक दर्जन बढी साहित्यकार सहभागी हुने सम्मेलनका संयोजक एवं कवि किसनसिंह धामीले बताए ।  यसका अलावा राजधानीमा रहेका सुदूरपश्चिमका वरिष्ठ देउडा गायकहरु नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय पनि महोत्सवमा सहभागी हुने भएका छन् । सुदूरपश्चिम विकास क्षेत्रका नौ वटै पाँच–पाँच जना कलाकार, साहित्यकार, नाटककार र पर्यटन व्यवसायीको सहभागिता रहने आयोजकले जनाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.