अनमोल स्टारर ‘क्याप्टेन’को प्रदर्शन मिति फाइनल


सेलिब्रेटी नेपाल काठमाडौँ
अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को प्रदर्शन मिति तय गरिएको छ । फागुन १८ का लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । यसअघि विभिन्न मितिमा चलचित्र प्रदर्शन हुने भनिएपनि अफिसियल प्रदर्शन मिति भने सार्वजनिक गरिएको थिएन ।

भिएफएक्सका कारण केहि समय लाग्ने र भिएफएक्स गर्ने टिमले त्यो डेटसम्ममा सम्पुर्ण काम सक्ने जानकारी दिएकोले फागुनमा प्रदर्शनको मिति तय गरिएको निर्माता भुवन केसीले जानकारी दिए ।

दीवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा अनमोल केसीको मुख्य भुमिका रहेको छ । अनमोल चलचित्रमा फुटबल खेलाडीका रुपमा देखिएका छन् । चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.