सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन ।
उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । केही फिल्म स्टारहरु निर्माण कम्पनीसाग दुई खालके सम्झौता गर्ने गरेको बताईएको छ । एउटा कम रकम देखाईएको र अर्को यथार्थ रकम रहेको छ । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख भएको सम्झौता देखाउने गर्छन् ।