ʻछक्का पञ्जा ३ʼ को प्रचार अस्त्र: दीपक, दीपा, केदार र जितुले र्‍याप हानेपछि…(हेरौं भिडियो)


काठमाडौं। पछिल्लो समय चलचित्र प्रचारप्रसारका लागि अनेक तरिका अपनाउन थालिएको छ । यसैबिच असोज २४ गते घटस्थापनादेखि प्रदर्शनमा आउने चलचित्र ʻछक्का पञ्जा ३ʼले प्रचारप्रसारको नयाँ फण्डा अपनाएको छ ।

छक्कापञ्जा टीमले चलचित्र प्रचारका लागि ‘छक्का पञ्जा ३, घटस्थापनाको दिन’ बोलको प्रमोशनल गीत नै तयार गरेको छ । चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ गीतको म्यूजिकमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र निर्देशक दीपाश्री निरौलाले र्‍याप समेत हानेका छन् ।

डेभिड शंकरको स्वर रहेको रमाइलो गीतको भिडियोमा उनिहरूले र्‍याप गीतमार्फत् चलचित्रका बारेमा जानकारी दिएका छन् । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ मा दीपक, केदार, जितुको साथमा दीपिका प्रसाईं, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.