सुनिल गिरीको ʻपरदेशी…’ गीत रिलिज (हेर्नुहोस् भिडियो)


काठमाडौं। युवा पुस्तामाझ लोकप्रिय गायक सुनिल गिरीले नयाँ गीत रिलिज गरेका छन् ।

सुनिलले ʻपरदेशी कस्तो यो मनʼबोलको गीतको भिडियो सार्वजनिक गरेका हुन । गीत यो मन एल्बममा समाविष्ट छ । गीतमा सुनिलकै शब्द, संगीत तथा स्वरसंगै अभिनय रहेको छ । भिडियोमा सुनिलले मोडल श्रेया शर्मासंग अभिनय गरेका छन् । 

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन गरेका हुन । भिडियोमा पवन सिम्खडाको छायाँकन तथा शिलन लम्सालको सम्पादन छ ।

‘को होला त्यो’ बोलको गीतबाट युवापुस्तामाझ परिचित सुनिलका अन्य थुप्रै गीत स्रोता तथा दर्शकले रुचाएका छन् । सार्वजनिक भएको दुई दिन नपुग्दै यस गीतले युटयुबमा १ लाख १५ हजार बढी भ्यूज पाएको छ । आफ्ना यस अगाडिका गीतहरुलाई जस्तै ‘परदेशी’ गीतलाई पनि स्रोता तथा दर्शकले रुचाएको भन्दै सुनिलले सम्पूर्णलाई धन्यवाद दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.