संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को अफिसियल पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रले प्रचार प्रसारलाई अगाडि बढाएको छ । यसमा प्रेम सँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले ‘गुन गुन’ मार्फत निर्देशनमा डेब्यु गर्दै छन् ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी लगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । चलचित्र आउँदो कात्तिक ३० गते बाट प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.