ऐतिहासिक चलचित्र ‘नालापानी’ को टिजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘नालापानी’ को अफिसियल टिजर सार्बजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । चलचित्रमा भिएफएक्सको अधिक प्रयोग भएको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । रिमेश अधिकारी निर्देशित चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा.डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित रहेको छ ।

ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द रहेको छ । चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.