अमेरिकामा ‘तुँवालो’ प्रिमियर


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘तुँवालो’ को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन् । सो अवसरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाइ नासो संस्थाका तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गरेका थिए ।

बिभिन्न किसिमका सामाजिक भेदभावको बिषयमा केन्द्रित भएकोले यो चलचित्रको प्रिमियम शो बाल्टिमोरमा गरिएको नासोका अध्यक्ष गोपाल विश्वकर्माले बताएका छन् । प्रिमियर शो मा चलचित्रले उठाएको बिषय र चलचित्रको प्रस्तुतिले तारिफ बटुलेको निर्माता सुनारले जानकारी दिए ।

दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । नेपालमा भने चलचित्र बैसाखमा प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.