सेलिब्रेटी नेपाल फागुन ७ गते-चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यो चलचित्रका निर्माता रमेश संबेदनाले नेपालमा प्रदर्शनमा आएको केही महिनामा उक्त टेलिभिजन च्यानलबाट प्रसारण हुने बताएका हुन् ।यस्तै यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ । भर्खरै मात्र मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए । यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ ।
सम्बधित पोस्टहरु
‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास,अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। पौष ४ गते अर्थात आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट...
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन चलचित्रको माध्यमबाट
काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द...
‘आ बाट आमा’ को प्रचारप्रसार गर्दै महोत्सवमा विपना र पल
काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना...
मौलिक ग्रामीण कथा चलचित्र ‘लोकन्ती’ दाङमा हाउसफुल
काठमाडौँ। मङ्सिर २६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ ले सीमित शोजका बाबजुद उत्साहजनक व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ। थोरै शोजमा रिलिज भए पनि जहाँ–जहाँ चलचित्र चलिरहेको छ, त्यहाँ दर्शक...
विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने
काठमाडौं । चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका छन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल...
राई समुदायको कथा ‘नाक्छोङ’ ट्रेलर सार्वजनिक
काठमाडौँ। राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने चलचित्र ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सुनसरीको...



