सेलिब्रेटी नेपाल फागुन ७ गते-चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यो चलचित्रका निर्माता रमेश संबेदनाले नेपालमा प्रदर्शनमा आएको केही महिनामा उक्त टेलिभिजन च्यानलबाट प्रसारण हुने बताएका हुन् ।यस्तै यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ । भर्खरै मात्र मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए । यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ ।
सम्बधित पोस्टहरु
‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म
काठमाडौँ। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्धभित्रको द्वन्द्व, दाजुभाइबीचको मनमुटाव, देउरानी जेठानीको टकरावसँगै आमाको ममता...
‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा
अभिनेत्री बिपना थापा र वर्षा राउत फिल्मका मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन्।
विकास सुवेदीको ‘शिरजरा’ टोकियोको प्रतिष्ठित चलचित्र बजारमा छनोट
काठमाडौँ। नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय मञ्चमा अर्को सुखद उपलब्धि थपिएको छ। निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’ जापानमा आयोजना हुने प्रतिष्ठित टोकियो ग्याप फाइनान्सिङ मार्केटमा छनोट भएको...
काठमाडौंको छायांकन सकेर ‘मन बिनाको धन २’ मुस्ताङ जाने
काठमाडौं। टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ ४ गतेदेखि गरिएको थियो। भदौ ३ गते शुभमुहूर्त गरिएको चलचित्रको काठमाडौं...
चलचित्र ‘१२ गाउँ २’ समीर भट्टको एक्सन लुक्स सार्वजनिक
काठमाडौं। चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको आकर्षक एक्सन लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता भट्टको कसिलो तथा मांसपेशीयुक्त शरीर र आक्रामक तवरको एक्सन अवतार देख्न सकिन्छ, जसले चलचित्रमा उनको...
‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक
काठमाडौँ। एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।...



