‘छक्का पन्जा ३’ ट्रेलर संगै प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘छक्का पन्जा ३’ को ट्रेलर सार्बजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर तथा रिलिज मिति सार्बजनिक गरिएको हो चलचित्र असोज २४ गते घटस्थापनाको दिन बाट प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकार दिपकराज गिरि,दिपिका प्रसाईं,केदार घिमिरे,जितु नेपाल,लक्ष्मी गिरि,शारदा गिरि,लगाएत निर्देशक दिपा श्री निरौला तथा संचारकर्मिको बाक्लो उपस्थिति रहेको थियो । पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

दीपाश्री निरौला निर्देशित चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.