‘डोली’ पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


चलचित्र ‘डोली’ मा समाबेशपहिलो गित ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक गरिएको छ । लोक लयमा तयार भएको गितमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायत कलाकारहरुलाई प्रस्तुत गरिएको छ । समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको चलचित्र डोलीमा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजनिक गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वर सि.डि बिजय अधिकारीको रहेको छ । त्यसै गरी यो गितमा अधिकारीलाई गायीका मेलिना राईले साथ दिएकी छिन् ।

चलचित्रमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान, संगिता नापित,अर्जुन गुरुड, नविन रेग्मी,हिउँवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी र सतिश खत्रीले अभिनय गरेका छन् । चलचित्र मंसिर २८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.