‘अनुराग’ को कलेज क्याम्पियन सुरु


सेलिब्रेटी नेपाल
काठमाडौँ ।
आगामी १२ गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ। राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तिव्र पारिएको छ।

चलचित्रका टिम आइतबार बिहान जोरपाटीस्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटारस्थित जन प्रेमी कलेज पुगेको अभिनेत्री एलिजा गौतमले बताइन्। अभिनेत्री एलिजा गौतम अभिनेता समुन्द्र पण्डित लगायतको टिम कलेजमा पुगेका थिए। एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ घेरा हाल्दै अटोग्राफ लिएका थिए भने कलाकारको साथमा फोटो खिच्न पनि भ्याएका थिए।

पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवाल को लगानीका साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्र ‘अनुराग’ मा एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ। साथै चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो। चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.