गुरुङहरुको बहुल्यातामा बन्ने भो ‘कप्टी’


सेलिब्रेटी नेपाल
काठमाडौं ।


भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा बन्ने नेपाली चलचित्र ‘कप्टी’ को औपचारिक घोषणाको साथै शुभ-मुहुर्त गरिएको छ । काठमाण्डौँमा शनिबार शुभ-मुहुर्त कार्यक्रमका बीच चलचित्रका सम्पुर्ण कलाकार साथै अन्य टिमको नाम सार्वजनिक गरिएको हो ।

भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ। चलचित्रलाई मदन घिमिरेले खिच्दै छन् भने यता चलचित्रमा समाबेश गीतमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको अवाज रहेको छ ।

मौलिक नेपाली कथामा बन्ने चलचित्र ‘कप्टी’ का निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने चलचित्र कप्टी आफ्नै पिताका हत्यारासंगको बदला र जीवन संघर्ष बोल्ने निर्माण पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.