एक्लै आयो ‘साली कसको भेनाको’


सेलिब्रेटी नेपाल
काठमाडौं ।
आज शुक्रबारबाट एउटा मात्रै नेपाली चलचित्र प्रदर्शनमा आएको छ । सातामा २/३ वटा चलचित्र प्रदर्शन भईरहेको समयमा एक्लै प्रदर्शनमा आएको चलचित्र हो ‘साली कसको भेनाको’ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रमा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिष्का पोखरेल, प्रिया रिजाल, सुष्मा कार्की, देव सागर, बलबहादुर गुरुङ, जयनन्द लामा, कविता आले, रवि गिरी, विरेन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् । कान्छी, सन्तान तथा कर्जाजस्ता पुराना सफल चलचित्रका निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।

पुष्प आचार्यले लेखेको चलचित्रमा दीर्घ गुरुङको छायाँकन, बनिष शाहको सम्पादन छ । चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत छ ।मगर संस्कृति आधारित कमेडी जनराको यस चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको छ । गत सोमबार राजधानीमा गरिएको प्रिमियर शोमा चलचित्रकर्मी तथा सञ्चारकर्मीले ‘साली कसको भेनाको’ मन परेको बताएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.