परमिताको पछि पछि प्रदिप लागे पछि (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’को दोस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको सस्पेन्स खुल्ने कारणले चलचित्रमा समावेश दोस्रो गीत ‘तिम्रो पछि पछि…..’चलचित्र प्रदर्शन भएको एक साता पश्चात सार्वजनिक गरिएको हो । सार्बजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र प्रदीप खड्का र परमिता आरएल राणालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको शब्द रहेको छ भने गीतमा नेपाल आइडलका फस्ट रनरअप निशान भट्टाईको स्वर छ ।
गोपी कृष्णा मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप र परमिताका अलवा मिरुना मगर, बरुण राणा, कर्मा शाक्य, पल्पसा डंगोल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.