नायिका स्वस्तिमा र्याम्पमा उत्रँदा…..


सेलिब्रेटी नेपाल
काठमाडौँ ।

ठमेलको नरसिंङ चोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो ।

विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’को भब्य डेकोरेसन तथा झिलिमिलि सजावटले उपस्थित सबैलाई लोभ्याउथ्यो । डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरुलाई १२ फिमेल तथा ४ मेल मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।

अभिनेत्री स्वस्तिमा खड्का, अन्तराष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो संचालन गरेकी थिइन् ।
इवीजा लाउन्ज एण्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको ब्यवस्थापनमा आयोजित फेसन शोले नेपाली फेसन जगतलाई थप उचाही प्रदान गर्न मद्दत पुग्ने आयोजकको भनाई रहेको छ ।

फेसन सो मार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाहीमा पुर्याउन इवीजा फेसन नाइट २०१८ सहायक सिद्ध हुने इवीजा लाउन्जका कार्यकारी निर्देशक राजु दनइले बताए ।अभिनेत्री संध्या केसी, अभिनेता तथा अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिहर हुसेन लगायत बिभिन्न चर्चित सेलिब्रेटीको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

क्रियटिभ स्टेज, अन्तराष्ट्रिय स्तरको सजावट र फेसन पारखिको उल्लेखनिय उपस्थिती रहेको फेसन सोले सिङ्गो मोडलिङ जगतलाई समेत उचाही थपेको फेसन शो ब्यावस्थापन जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाले बताए ।

Copyright © 2012 - 2026 | All Right Reserved.