यश कुमारको ‘छिरिङ’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ
। निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो

चलचित्र मार्फत ‘कागबेनी’ रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यशले यम थापासँग मिलेर लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गते बाट सार्बजनिक प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.