बलिउडका नायक अक्षय कुमारले नयाँ रेकर्ड कायम गरेका छन् । अक्षयले आजसम्म अभिनय गरेको सिनेमाले सबैभन्दा धेरै कमाएको छ ।उनले अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ । यो बलिउडमा एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षयले ट्विटर मार्फत आफ्ना सबै फ्यानहरुलाई विशेष धन्यवाद दिएका छन् । उनले सलमान र शाहरुखलाई पनि पछाडि पार्दै यो रेकर्ड राखेका हुन् । पछिल्लो ३ वर्षमा निकै हिट फिल्महरु दिएका अक्षयले दुई दशकमा बलिउडमा सबैभन्दा धेरै फिल्ममा अभिनय गरेका छन् ।अक्षय कुमार भारतका एक मात्र यस्ता नायक हुन् जसले ३ बर्षमा लगातार ४-४ वटा हिट सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल, हाउसफुल २, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ गड, खिलाडी ७८६ लगायतका छन् ।
सम्बधित पोस्टहरु
थलापति विजयको अन्तिम सिनेमा ‘जन नायगन’ को ट्रेलर सार्वजनिक
काठमाडौं । एच विनोदको निर्देशनमा निर्माण भएको तमिल सिनेमा ‘जन नायगन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको सिनेमाको ट्रेलरमा तमिल सुपरस्टार थलापति विजयको दमदार एक्सन अवतार देख्न सकिन्छ । यो सिनेमालाई...
रणवीर सिंहको ‘धुरन्धर’ नेपालमा श्याडो पिक्चर्सले वितरण गर्ने
काठमाडौं । नेपाली चलचित्र वितरण क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउँदै अघि बढिरहेको ‘श्याडो पिक्चर्स’ले अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि प्रभावशाली उपस्थिति जनाउन थालेको छ। बलिउडको प्रतिक्षित एक्सन–थ्रिलर फिल्म ‘धुरन्धर’ को...
धर्मेन्द्र अस्पतालबाट घर फर्किए
एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई...
६० बर्षमा लागे शाहरुख,५० रुपैयाँबाट सुरु भएको यात्रा आज विश्वकै धनी अभिनेता
काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान आज ६० वर्षमा प्रवेश गरेका छन्। सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मेका उनी बाल्यकालमा सेनामा जाने सपना देख्थे। खेलकुदमा अब्बल रहेका उनी आफ्नै कलेजका हकी कप्तान पनि थिए, तर एक चोटपटकले उनको...
‘सैयारा’ अभिनेत्री अनित पड्डा नेपाल भ्रमणमा
काठमाडौं। बलिउडको सुपरहिट फिल्म ‘सैयारा’ को अभिनेत्री अनित पड्डा पारिवारिक भ्रमणका लागि नेपाल आएकी छन्। उनी पछिल्ला केही दिनयता राजधानी काठमाडौंका विभिन्न स्थानमा घुमघाम गर्दै आएकी छिन्। ‘सैयारा’ ले भारतमा...
बक्स अफिसमा रजनीकान्तको ‘कुली’ : दुई दिनमै २५० करोडको कारोबार
एजेन्सी । सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको नयाँ फिल्म ‘कुली’ ले प्रदर्शनको सुरुवाती दुई दिनमै विश्वव्यापी बक्स अफिसबाट २५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेर...


