‘लिलिबिली’पछि ‘लभ स्टेशन’मा प्रदीप र जसिताको जोडी


काठमाडौं । नायक प्रदीप खडका र नायिका जसिता गुरुङको जोडी फेरी पर्दामा देखिने भएको छ । चलचित्र ‘लिलिबिली’मा बाधिएको जोडी नयाँ चलचित्रमा पनि बाँधिने भएको छ ।

निर्माता तथा वितरक गोबिन्द शाहीको निर्माण तथा उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ स्टेशन’मा यो जोडी पुन देखिने भएको हो । यो जोडीको चलचित्र ‘लिलिबिलि’ दर्शकले मन पराएका थिए ।

लण्डन निवासी जसिता चलचित्रको वर्कशपमा सहभागी हुन नेपाल आइसकेकी छिन् । नेपाल आएलगत्तै उनी वर्कशपमा व्यस्त भएको जनाईएको छ । तर, निर्माण पक्षले यो ‘लभ स्टेशन’मा जसिता पक्का भएको कुरा अहिले सार्वजनिक गर्न चाहेको छैन् ।

चलचित्रमा जसिताका साथमा अर्की एक नायिकाको पनि मुख्य भूमिका रहने बुझिएको छ । चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको चर्चा छ । तर निर्माण युनिटले यसबारे आधिकारिक पुष्टि गरेको छैन ।
लभ स्टोरी जनरामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण छायाँकन विदेशमा गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.